नयाँ वर्षमा सबैको जीवनमा सुख र आरोग्य छाओस् : प्रधानमन्त्री साह

काठमाडौँ । प्रधानमन्त्री बालेन साहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नागरिकमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

मङ्गलबार बिहान सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले प्रसिद्ध संस्कृत श्लोक स्मरण गर्दै सबैको सुस्वास्थ्य र कल्याणको कामना गरेका हुन् ।

प्रधानमन्त्री साहले  सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत् ॥’

उनले भनेका छन्, ‘हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्। सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्। नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *