नेपालीको हातमा लालपुर्जा, जग्गा भारतीयको भोगचलनमाः सांसद धामी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जनकसिंह धामीले आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर क्षेत्र नम्बर १ का जनताले सीमा विवाद र खुला सीमाका कारण ठूलो चुनौती भोगिरहेको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद धामीले नेपालीहरूको हातमा लालपुर्जा भएपनि जग्गा भारतीयहरूको भोगचलनमा रहेको बताए ।

उनले भने, ‘सीमा विवाद र खुला सीमाका कारण मेरो क्षेत्रका जनताहरूले ठूलो चुनौतीको सामना गर्नु परेको छ । जहाँ गोविन्द गौतम सहीद पनि भएका थिए । नेपालीहरूको हातमा लालपुर्जा छ । जग्गा भारतीयहरूको भोगचलनमा छ ।’

त्यस्तै उनले भारतीय पक्षले हुलाकी सडक निर्माणमा अवरोध गरिरहेको पनि जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *