कृषिमन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट

काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले आज उनकै कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्।

त्यस अवसरमा उनीहरूबीच विश्व बैंकसँगको सहकार्यमा पशुपालन र कृषि क्षेत्रमा भएका साझेदारी, नवप्रवर्तन, बजार व्यवस्थापन सुधार, जलवायु परिवर्तनका असर घटाउने, कृषि क्षेत्रको विकासका निम्ति नीतिगत सुधार, पोषण सञ्जालका साथै समावेशी कृषि विकासबारे छलफल भएको मन्त्री चौधरीको निजी सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *