रविसँगको भेटपछि शाहीले भने-एकजुट भएर देश बनाउने महा–अभियानमा अघि बढिरहेका छौं

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटवार्ता भएको छ । शनिबार लामिछानेको निवासमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा उपसभामुख पदका लागि सहकार्य गर्नेलगायतका विषयमा छलफल भएको छ । भेटपछि शाहीले भनेका छन्, ‘विगतका दुःखहरुले हामीलाई कमजोर होइन, दृढ बनाएको छ। त्यसैले आज हामी एकजुट भएर देश बनाउने महा–अभियानमा अघि बढिरहेका छौं।’

सभामुख पदमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल शुक्रबार नै निर्विरोध निर्वाचित भइसकेका छन् । उपसभामुखमा राप्रपाले पनि चासो देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *