नेतादेखि सर्वसाधारणसम्म, देशभर उत्साहपूर्ण मतदान जारी(फोटोफिचर)

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान ७ बजेदेखि मतदान भइरहेको त । मध्याह्न १२ बजेसम्म देशभर करिब १८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

मध्याह्न १२ बजेसम्म देशभर ३१ लाख ६३ हजार ७३६ (करिब १८ प्रतिशत) मत खसेको जानकारी आयोगको प्रणालीमा प्राप्त भएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । हाल देशभर उत्साहपूर्ण रुपमा मतदान जारी रहेको आयोगले जनाएको छ ।

 

पूर्वकार्यवाहक सभापति खड्का – मतदान
सुर्खेत, २१ फागुनः
नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ को सुर्यज्योति मावि मेहेलकुना मतदानकेन्द्रबाट मतदान गर्नुहुँदै । तस्बिर सौजन्यः पूर्णबहादुर खड्काको सचिवालय÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *