ललितपुर र भक्तपुरका २ फर्मलाई जरिवाना

काठमाडौँ ।  बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ।

विभागले गरेको स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि ललितपुर महानगरपालिका १५ मा रहेको घिमिरे स्टोरलाई  ११ हजार जरिवाना गरेको छ।

त्यसैगरि न्यू म्याक्स स्टोर भक्तपुर सल्लाघारीलाई  पाँच हजार जरिवाना गरिएको विभागले जनाएको छ। ती फर्मलाई उपभोक्ता संरक्षण ऐन–२०७५ को दफा ३८ बमोजिमको कसुरमा कारबाही गरेको हो।

हिमालयन डेरी प्रोडक्सन र युसा डेरीलाई भने व्यवसायसँग सम्बन्धित कागजात लिई विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागले अन्य नौ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ।

स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाहरुको उपस्थितिमा विभागले नियमित रुपमा बजार अनुमगन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *