काठमाडौँ । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता लिने निर्णय गरेको भन्दै नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले शनिबार काठमाडौँमा प्रदर्शन गरेको छ ।
लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा महान्यायाधिवक्ता कार्यालयले फिर्ता लिन लागेको भन्दै युवा संघले प्रदर्शन गरेको हो । मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको सर्वत्र आलोचना भइरहेको छ ।
