गगन-विश्वले पेश गरेका दुवै प्रतिवेदन पारित

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेका प्रतिवेदनहरू पारित भएको छ ।

महामन्त्री थापाले विशेष महाधिवेशनमा सोमबार राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै महामन्त्री शर्माले भने सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदन पारित भएसँगै मंगलबारका लागि विशेष महाधिवेशनको बन्दसत्र स्थगित भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *