मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, साङ्ता गाउँ आसपासका क्षेत्रमा सेताम्मे हिउँ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र डोल्पाको छार्का ताङसोङ गाउँपालिकालाई सडक सञ्जालले जोड्ने साङ्ता आसपासको सडक तथा भीरपाखा सबै हिउँले सेताम्मे भएको हो । सदरमुकाम जोमसोमबाट पाक्लिङ, फल्याक हुँदै साङ्ता गाउँसम्म जाने सडक आसपासका क्षेत्रमा यतिबेला बाक्लो हिउँ जमेको छ ।
तस्बिरः सुशीलबाबु थकाली/रासस


