रास्वपाबाट समानुपातिकमा सिफारिस सचिन ढकालले पनि लिए उम्मेदवारी फिर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकको सूचीमा राखिएका एफसी चितवनका अध्यक्ष सचिन ढकालले उम्मेदवारी फिर्ता लिएका छन् ।

शनिबार सामाजिक संजालमार्फत ढकालले उम्मेदवारी फिर्ताको घोषणा गरेका हुन् । उनले नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराएका छन् ।

उनले भनेका छन्, ‘उद्यमशीलताको प्रवद्र्धनमार्फत सामाजिक रुपान्तरण र मुलुकको विकास आवश्यक रहेको तथा यसका लागि नवयुवाहरु अघि सरिरहेको वर्तमान परिवेशमा मलाई पनि समानुपातिक निर्वाचनको सूचीमा समावेश गरेकोमा पार्टीका नेतृत्वप्रति हार्दिक आभार व्यक्त गर्दछु । तथापि, नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु ।’

रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा परेकोभन्दै चौतर्फी विरोध भएपछि उम्मेदवारी फिर्ता लिने लहर नै चलेको छ । यसअघि रास्वपाको बन्दसूचीमा परेका पर्वतारोही टासी लाक्पा शेर्पा, गायिका डा. त्रिशाला गुरुङ, अभिनेता आसिफ शाहले उम्मेदवारी फिर्ता लिने घोषणा गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *