समानुपातिकतर्फ अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व गराउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले समानुपातिकतर्फ अपाङ्गता भएका व्यक्तिहरूको नाम समावेश गर्न अन्तरिम आदेश जारी गरेको छ ।

शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गराउन निर्वाचन आयोगका नाममा अन्तरिक आदेश जारी गरेको हो ।

निर्वाचन आयोगले सबै राजनीतिक दलले पेश गरेको उम्मेदवारको बन्द सूचीमा अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चितता हुने गरी सूची पेश गरे नगरेको छानबिन गरी नगरेको देखिएमा त्यस्तो दललाई उम्मेदवारको बन्द सूची सच्याई अपांगता भएका व्यक्तिहरूको नाम समेत समावेश गर्नु गराउनु भनि अन्तरिम आदेश जारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *