चीनको अर्थतन्त्र पाँच प्रतिशतले वृद्धि हुन्छः राष्ट्रपति सी

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार चीनको अर्थतन्त्र सन् २०२५ मा ‘लगभग पाँच प्रतिशत’ वृद्धि हुने अपेक्षा गरिएको बताएका छन्। उनले ‘धेरै असामान्य’ वर्षको ‘दबाब’ को बाबजुद यस उपलब्धिलाई महत्त्वपूर्ण ठहर गरेकाे सरकारी समाचार एजेन्सी सिन्ह्वाले रिपोर्ट गरेको छ।

नयाँ वर्षको पूर्वसन्ध्यामा सीले एक शीर्ष राजनीतिक परामर्शदात्री निकायलाई सम्बोधन गर्दै यो घोषणा गरेका हुन्। वार्षिक विस्तार सरकारले तय गरेको आधिकारिक लक्ष्यसँग मेल खान्छ र सन् २०२४ मा रेकर्ड गरिएको पाँच प्रतिशत वृद्धि बराबर हुनेछ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र पछिल्ला वर्षमा बढ्दो दबाबमा परेको छ। उपभोक्ता विश्वास महामारी–प्रेरित गिरावटबाट पूर्ण रूपमा फर्किन सकेको छैन। रियल स्टेट क्षेत्रमा निरन्तर ऋण सङ्कट, औद्योगिक अत्यधिक क्षमता र वासिङ्टनसँगको व्यापार द्वन्द्वले दृष्टिकोण चुनौतीपूर्ण बनाएको छ।

राष्ट्रपति सीले भने, “हामीले चुनौतीहरूको सामना गर्यौँत र लगनशील भई प्रयास गर्यौँक। आर्थिक र सामाजिक विकासका मुख्य लक्ष्य सफलतापूर्वक प्राप्त गरिएका छन्।” उनले वृद्धि दर करिब पाँच प्रतिशत पुग्ने अनुमान गरिएको र समग्र सामाजिक स्थिरता कायम रहेको जानकारी दिए।

साथै, भ्रष्टाचार विरोधी अभियान ‘अथक रूपमा पछ्याइएको’ भन्दै उनले सरकारको प्रतिबद्धता पनि दोहोर्‍याए। विज्ञहरूले बेइजिङले मार्चमा हुने प्रमुख वार्षिक राजनीतिक भेलामा सन् २०२६ का लागि यस्तै वृद्धि लक्ष्य घोषणा गर्ने अपेक्षा गरेका छन्।

बुधबार जारी डाटाले नीति निर्माताहरूका लागि सकारात्मक सङ्केत दिएको छ। डिसेम्बरमा कारखानाको गतिविधि विस्तारवादी क्षेत्रमा प्रवेश गर्दै आठ महिनाको सङ्कुचनको रेखा तोडेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *