अफगानिस्तानमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, ४२ जना घाइते

काबुल । अफगानिस्तानको उत्तरी बग्लान प्रान्तमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटनामा पर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार काबुललाई उत्तरी प्रान्तहरूसँग जोड्ने प्रमुख मार्ग सालाङ राजमार्गमा बस अनियन्त्रित भई दुर्घटना भएको हो। प्रान्तीय प्रहरी प्रवक्ता मौलवी शिर अहमद बुर्हानीले लापरवाहीपूर्वक सवारी चलाइएकाले दुर्घटना भएको जानकारी दिएका छन् ।

प्रवक्ताका अनुसार मृत्यु हुनेमा ६ जना यात्रु रहेका छन् भने घाइतेमध्ये दुई महिला र दुई बालबालिका पनि छन् ।

घाइते सबैलाई उपचारका लागि बग्लान प्रान्तीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *