रियल म्याड्रिड कोपा डेल रेको अन्तिम १६ मा

एजेन्सी । रियल म्याड्रिड कोपा डेल रेको अन्तिम १६ मा पुगेको छ । बुधबार राति भएको खेलमा टालाभेरा डी ला रिनालाई ३-२ गोलले पराजित गर्दै रियल म्याड्रिडले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।

इस्टाडियो एल प्राडोमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन किलियन एम्बाप्पेले दुई गोल गर्दा एक गोल उपहार पाएको हो । टालाभेराको लागि नाहुएल एरोयो र गोन्जालो डी रेन्जोले समान एक/एक गोल गरे । खेलको ४१ औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए । इन्जुरी समयमा मानुएल फारान्डोले आत्मघाती गोल गरेपछि म्याड्रिडले पहिलो हाफमा २-० गोलको अग्रता लिएको थियो ।

८० औँ मिनेटमा एरोयोले गोल गर्दै घरेलु टोलीलाई २-१ गोलको स्थितिमा ल्याएका थिए । ८८ औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै म्याड्रिडलाई ३-१ गोलको अग्रता दिलाएका थिए । यस्तै दोस्रो हाफको इन्जुरी समयमा गोन्जालोले गोल गर्दै टालाभेरालाई ३-२ गोलको स्थितिमा ल्याएपनि टोलीको हार टार्न भने सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *