महिला क्रिकेट टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए ६ खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षणबाट ६ खेलाडी बाहिरिएका छन् । नेपाल क्रिकेट संघ(क्यान)ले बुधबार दोस्रो चरणको लागि २० खेलाडीको नाम सार्वजनिक गरेको हो ।

यसअघि पहिलो चरणमा २६ खेलाडी रहेका थिए । महिला टी-२० विश्वकपको ग्लोबल छनोटको लागि रहेको बन्द प्रशिक्षणबाट किरण कुँवर, अलिसा यादव, सिमाना केसी, अनु कडायत, अस्मिना कर्माचार्य र ममता चौधरी बाहिरिएका हुन् ।

दोस्रो चरणको बन्द प्रशिक्षणमा  इन्दु बर्मा, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना कुमारी चौधरी, रुवी पोदार, पूजा महतो, कविता कुँवर, रुविना छेत्री, सना प्रवीण, ईश्वरी बिस्ट, रोमा थापा, सोनी पाख्रिन, विन्दु रावल, लक्ष्मी सावद, मनीषा उपाध्याय, सिता राना मगर र काजोल श्रेष्ठ रहेक छन् ।

ग्लोबल छनोट सन् २०२६ को जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *