काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत आज भएको खेलमा नेपाल एपीएफ क्लब र इस्ट बङ्गाल एफसीले बराबरी खेलेका छन् । बुधबार बेलुकी भएको खेलमा एपीएफ र इस्ट बङ्गालले गोलरहित बराबरी खेल्दै अंक बाढेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोलको लागि अवसर सिर्जना गरेपनि सदुपयोग गर्न भने सकेनन् । दुवै टोली यस खेल अगाडिनै शीर्ष दुई स्थानमा रहँदै फाइनल पुगिसकेका थिए ।
बराबरीसँगै इस्ट बङ्गाल ४ खेलबाट १० अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट ८ अंक जोडेको एपीएफ दोस्रो स्थानमा रहेको छ ।
अब दुई टोलीबीच शनिबार फाइनल खेल हुनेछ ।
