साफ क्लब च्याम्पियन्सिपमा आज एपीएफ र इस्ट बंगाल भिड्दै

काठमाडौं ।  काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत आज हुने खेलमा नेपाल एपीएफ क्लब र इस्ट बङ्गाल एफसी भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी ६ बजे शुरू हुनेछ ।

दुवै टोली फाइनलमा पुगिसकेको हुनाले आजको खेलको विजेता समूह विजेता बन्नेछ । हाल इस्ट बङ्गाल तीन खेलबाट ९ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट ७ अंक जोडेको एपीएफ दोस्रो स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *