बोलोचौक बहुउद्देश्यीय सहकारीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

झापा । बोलोचौक बहुउद्देश्यीय सहकारीको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीको दोश्रो वार्षिकोत्सवको शनिबार उद्घाटन गर्दै शिवसताक्षी नगर पालिकाकी उपमेयर नरमाया कार्कीले ऐन नियमको पालना गरे कुनै पनि सहकारी समस्यामा नपर्ने बताउँदै सहकारीको मूल मर्मप्रति प्रतिबद्ध भई काम गर्न मार्ग निर्देश गरेकी थिईन् ।

संस्थाले छोटो समयमै सदस्यको भावना बुझेर सशक्त रुपमा कार्यसम्पादन गरेको भन्दै खुसी व्यक्त गर्दे उपमेयर कार्कीले सदस्यहरुलाई ढुक्क रही कारोबार गर्न सुझाव समेत दिइन् ।

यस्तै, छोटो समयमा संस्थाले गरेको १०० प्रतिशत ऋण असुली, बढ्दो शेयर, बचत र ऋण लगानी र अन्य प्रगती गरिमामय रहेको अतिथीहरुले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

सभाले आफ्नो नाममा जग्गा खरिद गर्ने, शिवसताक्षी नगरपालिकालाई विद्युतीय प्रणालीद्वारा नगदरहित पालिका बनाउने, संस्थाका सदस्यहरुलाई सरकारद्वारा दिइने सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, नगरपालिका भित्र रहेका सम्पूर्ण सहकारीहरुबीच सुमधुर सम्बन्ध कायम गरी सामुहिक कार्य गर्ने आदि जस्ता निर्णयहरु सर्वसम्मत पास गरेको छ।

सहकारीका अध्यक्ष डा. धर्मेन्द्र कुमार शाहले संस्थाको गतिविधि जानकारी गराउँदै संस्थालाई निरन्तर नाफामा लैजाने प्रयास भइरहेको बताए । अध्यक्ष शाहको सभापतित्वमा भएको कार्यक्रममा २४ जना जेष्ठ नागरीक सदस्यहरुलाई सम्मान समेत गरेको थियो ।

बलराम ताजपुरियाले संचालन गरेको कार्यक्रममा बावुलाल राजवंशी, प्रेम लिम्बु र सहदेव ताजपुरियाले विशेष सहयोग रहेको थियो । सहकारीका मूल्य मान्यता एवम् सिद्धान्त बमोजिम नियामक निकायको निर्देशनलाई पूर्ण रुपमा पालना गर्दै चालु आर्थिक वर्षमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेका कार्यक्रमहरु, वार्षिक कार्ययोजनाका कार्यक्रमहरु र छाता संगठनहरुसँग सहकार्य गर्दै विविध तालिम, अन्तरक्रिया तथा अन्य आवश्यक कार्यक्रमहरू संस्थालाई दिगो एवम् सदस्य केन्द्रित विधिबाट संचालन गर्ने प्रतिवद्धता वार्षिक साधारण सभाले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *