सुदूरपश्चिमद्वारा चितवनलाई १ सय ७० रनको विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले चितवनलाई जितको लागि १ सय ७० रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६९ रन बनाएको हो । सुदूरपश्चिमको लागि क्रिस लिनले अर्धसतक बनाए । उनले ५६ बलमा ५ चौका र  तीन छक्काको मद्दतमा ७५ रन बनाए । यस्तै कप्तान दीपेन्द्र सिंह एरी र आरिफ शेखले समान २४/२४ रन बनाउँदा विनोद भण्डारीले २१ र पुनित मेह्राले १३ रन बनाए ।

चितवनको लागि सैफ जैबले दुई विकेट लिँदा रञ्‍जित कुमार र जर्ज स्क्रिमसहले एक/एक विकेट लिए । अब चितवनले जवाफी ब्याटिङ गर्नेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *