लुम्बिनी प्रदेशको रिक्त प्रदेशसभा सदस्यमा गुरुङ चयन

तुलसीपुर। लुम्बिनी प्रदेशसभामा रिक्त रहेको प्रदेशसभा सदस्य पदमा रेवती गुरुङलाई चयन गरिएको छ । नेकपा (एमाले)बाट प्रतिनिधित्व गर्ने रुकुम पूर्वकी सरिता पुनको निधन भएपछि रिक्त रहेको पदमा रूपन्देही देवदह नगरपालिका–५ निवासी गुरुङलाई चयन गरिएको हो।

समानुपातिक निर्वाचनतर्फबाट प्रदेशसभा सदस्य चयन भएकी गुरुङलाई सभामुख तुलाराम घर्तीमगरले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम २०७९ मङ्सिर ४ गते समानुपातिक निर्वाचन प्रणालीअनुसार सम्पन्न भएको निर्वाचन एवं निर्वाचन आयोगको यही मङ्सिर ११ गतेको निर्णयअनुसार उनी प्रदेशसभा सदस्य पदमा निर्वाचित भएकी हुन् ।

उनको शपथग्रहणसँगै प्रदेशसभाले पूर्णता पाएको छ । यो सँगै लुम्बिनी प्रदेश सभामा ८७ जना सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *