बालेनसँग भेट गरेको तस्बिर राख्दै कुलमानले भने- ‘देश बनाउने अभियानमा हामीसँगै छौँ’

काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच भेटवार्ता भएको छ । आइतबार राति मन्त्री घिसिङले सामाजिक संजालमार्फत मेयर साहसँगको तस्बिर सार्वजनिक गरेका हुन् ।

मेयर साहसँगको तस्बिर सार्वजनिक गर्दै मन्त्री घिसिङले आफूहरु देश बनाउने अभियानमा सँगै रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘देश बनाउने अभियानमा हामीसँगै छौँ।’ कुलमानको उज्यालो नेपाल पार्टीलाई बालेनको समर्थन रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *