तेस्रो जितपछि काठमाडौंका प्रशिक्षक भन्छन्- टिमको मनोबल बढेको छ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज तेस्रो जित निकालेपछि काठमाडौँ गोर्खाजका प्रशिक्षक वसन्त शाहीले टिमको मनोबल उच्च भएको बताएका छन् ।

जितपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रशिक्षक शाहीले भने, ‘आजको जीतले टिमको मनोबल बढेको छ, अहिलेलाई हाम्रो लक्ष्य भनेको शीर्ष दुईभित्रमा रहँदै प्लेअफ पुग्नु हो ।’

आज काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको थियो । आजको जीतपछि काठमाडौँ छ अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

टिमको सबैपक्षमा सुधार हुँदै गएको बताउदै शाहीले  आगामी खेलहरू जित्नेमा विश्वास व्यक्त गरे । उनले भने, ‘टिमको सबैपक्षमा सुध्रिदै गएको छ, अब आउने खेलमा पनि विजयी हुनेमा ढुक्क छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *