काठमाडौं । नेकपा एमालेले पार्टीमा फर्किएका नेतालाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ ।
बिहीबार बसेको सचिवालय बैठकले पार्टीमा फर्किएका नेतालाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
केहीदिनअघि मात्रै रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत नेताहरू एमालेमा फर्किएका थिए । उनले भने, ‘घर फर्क अभियान’अन्तर्गत विभिन्न वामपन्थी समूहबाट आबद्ध हुनुभएकामध्ये केन्द्रीय समितिमा जो अहिले यता आउनुभएको छ । उहाँहरूलाई प्रतिनिधि बनाउने विशेष निर्णय गरिएको छ ।’
त्यस्तै बैठकले महाधिवेशनका लागि विभिन्न उपसमिति गठन गरेको छ ।
