यू–१७ एसियन कप छनोटमा भाग लिन म्यानमार जाने खेलाडीको बिदाइ

काठमाडौँ । एएफसी यू–१७ एसियन कप छनोटमा भाग लिन म्यानमार प्रस्थान गर्ने राष्ट्रिय यू–१७ टोलीलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले बिदाइ गरेको छ ।

सोमबार खेलाडीलाई एन्फाका महासचिव किरण राई, पूर्व सह–सदस्य विकास नारायण श्रेष्ठ र पुरुषोत्तम थापा, सीईओ इन्द्रमान तुलाधर र प्रवक्ता सुरेश शाहले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टोलीलाई बिदाइ गरेका हुन् ।

नेपाललाई छनोटको समूह जी मा सिरिया, ओमान, अफगानिस्तान र आयोजक म्यानमारसँगै राखिएको छ । नेपालले नोभेम्बर २२ मा सिरियासँग, नोभेम्बर २४ मा म्यान्मारसँग, नोभेम्बर २६ मा ओमानसँग र नोभेम्बर २८ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *