मतदाता नामावलीमा नाम दर्ताका लागि पाँच दिनको समय थप

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि पाँच दिनको समय थपेको छ । आयोगले पाँच दिन समय बढाउँदै मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको हो ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदाता नामावली दर्ताको समय पाँच दिन थपिएको जानकारी दिए । यसअघि आयोगले कात्तिक ३० गतेसम्म मात्र दर्ता खुला रहने निर्णय गरेको थियो ।

मतदाता नामावली दर्ता गराउनेको संख्या उत्साहपूर्ण रहेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार आयोगलाई म्याद थपका लागि आग्रह गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *