काठमाडौं । जेनजी मुभमेन्ट नेपालले ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।
जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले मंगलबार विज्ञप्ति जारी गरी ऊर्जामन्त्री घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको ‘सेटिङ’मा भारतको कम्पनी पीटीसी इन्डियासँग ४३ करोड रुपैयाँबराबर नोक्सान हुने गरी गैरकानुनी विद्युत् खरिद सम्झौता गरेर देशको आर्थिक स्वाधीनतामाथि खुलेआम प्रहार गरेको बताएका हुन् ।
घिसिङ समेतको संलग्नतामा ‘राष्ट्रघाती’ विद्युत खरिद सम्झौता भएको भन्दै उनलाई बर्खास्त गर्न माग गरिएको हो ।

