शेयर बजारमा २७ अंकको गिरावट

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्सेमा गिरावट आएको छ । मंगलबार नेप्से २७ दशमलव ६४ अङ्कले घटेर २ हजार ५ सय ९५ दशमलव २४ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर २ दशमलव २१ प्रतिशतले ओरालो लागेको छ । आज २ सय १३ वटा कम्पनीको शेयर घटेकोमा ३४ वटाको बढेको छ ।

यस्तै ३ वटा कम्पनीको शेयर घटबढ भएको छैन । आज मुक्तिनाथ कृषि कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन माबिलुङ इनर्जी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।

आज ३ सय २२ वटा कम्पनीका १ करोड ३ लाख कित्ता शेयर ५ अर्ब १५ करोड रुपैयाँमा किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *