स्वास्थ्यमन्त्री र चीनका राजदूतबीच नेपालको स्वास्थ्य सेवालाई सुदृढ बनाउने विषयमा छलफल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम र नेपालका लागि चीनका राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।

सोमबार भएको भेटमा दुई देश बीच स्वास्थ्य क्षेत्रको द्विपक्षीय साझेदारीलाई अझ दीगो र प्रभावकारी बनाउनेलगायत विषयमा छलफल भएको छ ।

त्यस्तै बीपी कोइराला क्यान्सर अस्पताल भरतपुर र सिभिल अस्पतालको सेवा सुधार/विस्तार र आयुर्वेद स्वास्थ्य सेवाको सहकार्य, नेपालमा औषधीय जडीबुटीको उत्पादन तथा प्रशोधन, आपतकालीन स्वास्थ्य सेवालाई सुदृढ बनाउने, नेपालमा अत्याधुनिक जीन प्रयोगशाला स्थापना गर्ने लगायतका विषयमा छलफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्री शर्माले क्यान्सर उपचार, अस्पताल सेवा सुदृढीकरण, र कोभिड–१९ महामारीका समयमा समेत चीन सरकारले गरेको निरन्तर सहयोगप्रति आभार व्यक्ति गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *