पथरी शनिश्चरे गोल्डकपको उद्घाटन खेलमा सलहेस विजयी

 

मोरङ । मोरङको पथरी शनिश्चरेमा शनिबारदेखि सुरु भएको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप २०८२’ को उाटन खेलमा सलहेस युवा क्लब सिरहा विजयी भएको छ ।

सलहेस युवा क्लबले भारतको कञ्चनजङ्घा फुटबल क्लब सिलिगुडीलाई ५–१ गोल अन्तरले पराजित गरेको हो । सिरहाको जितमा विदेशी रिचार्ड वइलसनले ‘ह्याट्रिक’ पूरा गरे ।

पहिलो हाफमा ३–० अग्रता बनाएको सलहेसले दोस्रो हाफमा थप दुई गोल गर्दै पाँच गोलको फराकिलो अन्तरले विजयी हासिल गर्यो । सलहेसका लागि खेलको सातौँ मिनेटमा आदित्य शाक्यले अग्रता लिएका थिए ।
भारतलाई एक पक्षीय दबाबमा राखेको सलहेसले खेलको २४औँ मिनेटमा विदेशी खेलाडी रिचार्ड वइलसनले दोस्रो गोल गर्दा २८औँ मिनेटमा सुजल डङ्गोलले गोल गर्दै अग्रता तेब्बर बनाए । पहिलो हाफमा तीन गोलको अग्रता लिएको सिरहाले खेलको ५५औँ मिनेटको अतिरिक्त समयमा गोल गर्दै ह्याट्रिक पूरा गर्यो ।

भारतीय कञ्चनजङ्घाका प्रनिश प्रधानले खेलको ५८औँ मिनेटमा सान्त्वना गोल गरे । ‘म्यान अफ दी म्याच’ ह्याट्रिककर्ता विदेशी खेलाडी रिचार्ड वइलसन घोषित हुँदै  पाँच हजार प्राप्त गरे । भोलिको खेल आयोजक इन्ट्रा पथरी–११ र ब्रिगेड ब्वाइज ललितपुरबीच हुनेछ ।

आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकपको उद्घाटन पथरी शनिश्चरे नगरप्रमुख मोहनप्रसाद तुम्बापोले गर्नुभएको छ । प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताका विजेताले पाँच लाख र उपविजेताले रु दुई लाख ५० हजारसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् । प्रतियोगितामा सलहेस सिरहा, भारतको कञ्चनजङ्घा फुटबल क्लब, सङ्कटा क्लब काठमाडौँ, पाँचथर क्लब पाँचथर, झापा–११ फुटबल क्लब झापा, एनआरटी काठमाडौँ, ब्रिगेट ब्वाइज ललितपुर र आयोजक इन्ट्रा पथरी–११ प्रतिस्पर्धा गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *