काठमाडौं। नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ शनिबार सम्मानित भएकी छिन्। क्यानाडामा बासोबास गर्दै आएका मनमैजु डोजोका प्रमुख प्रशिक्षक निरज महर्जनले उनलाई सम्मान गरेका हुन्।
मलेसियामा भएको डब्लुकेएफ कराते सिरिज वानमा स्वर्ण पदक जितेकामा हौसलास्वरुप एरिकालाई नगद ५० हजारसहित प्रशंसापत्रबाट सम्मान गरिएको हो।
एरिका डब्लुकेएफ सिरिज वानमा पदक जित्ने पहिलो नेपाली खेलाडीसमेत हुन्। मनमैजुमा भएको कार्यक्रममा मनमैजु डोजोका अध्यक्ष एवं संयोजक विकास राजवाहकलगायतको उपस्थिति थियो।
एरिकाले नोभेम्बर अन्तिममा इजिप्टमा हुने विश्व कराँते च्याम्पियनसिपमा समेत खेल्दैछिन्। एरिकाले विश्वविद्यालय कोटामा इजिप्ट यात्रा पक्का गरेकी हुन्। उनीसँगै एकल कातामा सानुमाया थिङ पनि विश्व च्याम्पियनसिपमा सहभागी हुँदैछिन्।
