पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध

काभ्रे । बिपी राजमार्गअन्तर्गत काभ्रे खण्डको विभिन्न स्थानमा पहिरोका कारण सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । यसैगरी नार्के, पिन्थलीबेसी, विरुवाडाँडालगायत स्थानमा लेदोका कारण राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

चौकीडाँडामा खसेको पहिरो पन्छाउन लाग्दा पुनः माथिबाट पहिरो खसेको छ । पानी परिरहेकाले जोखिम बढेको भन्दै हाल पहिरो पन्छाउन रोकिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले जिल्ला भित्रको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले सुरक्षित यात्राका लागि सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गरेको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय सिन्धुलीले रातिको समयमा दुई दिनका लागि बिपी राजमार्गमा सवारी आवागमनका रोक लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *