जाँचबुझ आयोगविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित सदस्यद्वय विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्धको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो । आयोगका पदाधिकारीलाई कामकारबाही गर्न रोक लगाउन माग गर्दै अधिवक्ता विपिन ढकालले रिट दायर गरेका थिए ।

रिटमा न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । इजलासले विपक्षीलाई छलफलमा झिकाउने आदेश गरेको छ । पूर्वाग्राही धारणा राख्ने व्यक्तिलाई आयोगको अध्यक्षको रूपमा नियुक्त गरी न्याय प्रणालीले अवलम्बन गरेको प्राकृतिक न्यायको सिद्धान्त उल्लंघन भएको सर्वोच्चमा दायर रिटमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *