नेप्सेमा सामान्य गिरावट

काठमाडौं । बुधबार शेयर बजार नेप्से सामान्य घटेको छ । बुधबार नेप्से ५.१७ अंक घटेको हो । आज सूचक घटेपनि कारोबार रकम भने बढेको छ ।

आज ३२१ स्टकको ५० हजार ४८७ पटकको कारोबारमार्फत ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख १ हजार कित्ता शेयर कारोबार भएको छ । यसअघि मंगलबार भने ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यस दिन दुई स्टक सकारात्मक सर्किट लेभलमा पुगेका छन् । यस्तै, मानुषी लघुवित्तको शेयर मूल्य करिब १० प्रतिशत बढ्दा हिमालयन पावर पार्टनर ८ प्रतिशतभन्दा बढीले उक्लिएको छ । यता, ज्योति विकास बैंक बण्ड २०८७ भने ५.६६ प्रतिशतले घट्दै सर्वाधिक मूल्य घट्ने स्टकमध्ये रहेको छ ।

१३ उपसमूहमध्ये बुधबार ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूह घटेका छन् । होटल तथा पर्यटन उपसमूह २.१५ प्रतिशत वृद्धि गर्दै अगाडि छ भने व्यापार उपसमूह पनि २ प्रतिशत उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *