बीबीसी । एशियाको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प दक्षिण कोरिया पुग्नु अगाडि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको छ ।
यो भ्रमणका क्रममा आफूसँग भेट्न ट्रम्पले गरेको आग्रहमा उत्तर कोरियाली नेता किम जङ अनले कुनै जवाफ फर्काएका छैनन् । एशिया प्रशान्त आर्थिक सहयोग सम्मेलनमा भाग लिन ट्रम्प दक्षिण कोरिया पुग्ने अघिल्लो दिन उत्तर कोरियाले समुद्रबाट जमिनमा प्रहार गर्ने क्रुज क्षेप्यास्त्र परीक्षण गरेको हो ।
सबैभन्दा पछिल्लो उत्पादन रहेको दाबी गरिएको यो क्षेप्यास्त्र आफ्ना ‘शत्रुलाई’ उत्तर कोरियाको शक्ति देखाउन परीक्षण गरिएको सरकारी सञ्चार माध्यमले जनाएका छन् ।
किम आफैँ भने उक्त परीक्षणमा पुगेका थिएनन् । संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई बलिस्टिक क्षेप्यास्त्र परीक्षणमा रोक लगाए पनि यस प्रकारका क्षेप्यास्त्र परीक्षणमा रोक लगाएको छैन ।
यसलाई उत्तर कोरियाको परमाणु अस्त्र वार्ताको विषय बनाउन नखोजिएको रूपमा पनि हेर्न सकिने बताइएको छ ।
