जर्मनीका सार्वजनिक स्थान महिलाका लागि असुरक्षित

बर्लिन । जर्मनीमा आधाभन्दा बढी महिलाले सार्वजनिक स्थलमा असुरक्षित महसुस गर्ने गरेको एक सर्वेक्षणले देखाएको छ ।

महिलाहरूले १८ वर्ष र सोभन्दा माथिका पाँच हजार वयस्कहरूमा गरिएको सर्वेक्षणमा ५५ प्रतिशत महिलाहरूले सर्वेक्षण गरिएकासबै सार्वजनिक स्थानहरू सडक, सार्वजनिक यातायात, पार्क, क्लब, र ट्रेन स्टेशनहरूमा आफुहरू असुरक्षित महसुस गर्ने गरेका बताएका थिए ।

उनीहरूले नाइट क्लब र ट्रेन स्टेशनहरूलाई सबैभन्दा कम सुरक्षित स्थानको रूपमा हेर्ने गरेको बताए । सहभागीमध्ये केवल १४ प्रतिशत महिला उत्तरदाताहरूले त्यहाँ सुरक्षित नै महसुस गरेको बताएका थिए।
पुरुषसहित सबै सहभागीहरूमध्ये ४९ प्रतिशतले उल्लेख गरिएको कुनै पनि स्थानमा सुरक्षित महसुस नगरेको बताए।

जर्मनीमा लैङ्गिक हिंसामा वृद्धि भइरहेका बेला यो निष्कर्ष सार्वजनिक भएको हो । संघीय अपराध प्रहरी कार्यालय (बिकेए) का अनुसार हालका वर्षहरूमा जर्मनीमा महिलाहरू विरुद्ध हुने अपराधहरू बढ्दै गएका छन्।

लैङ्गिक विशिष्ट अपराधमा यसको पछिल्लो रिपोर्टमा बिकेएले सन् २०२३ मा महिलाहरूविरुद्ध ३२२ पूर्वाग्रह–प्रेरित अपराधहरू रेकर्ड गरेको थियो ।

अघिल्लो वर्षको तुलनामा यो ५६.३ प्रतिशतले वृद्धि हो । यस श्रेणीभित्र २९ स्त्रीद्वेषी हिंसात्मक अपराधहरू दस्तावेजीकरण गरिएको थियो । यो सन् २०२२ को आँकडाभन्दा लगभग दोब्बर हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *