काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल अन्तर्गत केहिबेरमा इरानविरुद्ध हुने खेलका लागि नेपालको शुरूवाती ११ घोषणा भएको छ । भारतको सिलोङस्थित जवाहार्लाल नेहरु स्टेडियममा केहिबेरमा शुरू हुने खेलका लागि मुख्य प्रशिक्षक नविन न्यौपानेले सावित्रा भण्डारीको कप्तानीमा नेपालको शुरूवाती ११ घोषणा गरेका हुन् ।
यस्तो छ नेपालको शुरुवाती ११ : एन्जिला तुम्बापो सुब्बा(गोलकिपर), बिमला विक, हिरा कुमारी भुजेल, समिक्षा घिमिरे, निशा थोकर, पुजा राना; रेनिका नगरकोटी, प्रिती राई, सविता राना मगर; रेखा पौडेल, सावित्रा भण्डारी(कप्तान)

