काठमाडौं । त्रिवि शिक्षण अस्पतालले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।
शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका राष्ट्रपति पौडेलको अवस्था सामान्य रहेको अस्पतालले जनाएको हो ।
उनको स्वास्थ्य परिक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. रत्न मणि गजुरेलले जानकारी दिए ।
अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्य अवस्थामा समस्या आएपछि यस सेन्टरमा उपचारार्थ भर्ना हुनुभएको छ । हाल सम्माननीयज्यूको स्वास्थ्य परिक्षण भइरहेको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँदछौं।’

