एसईई ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित, ५८ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसईई)को नतिजा प्रकाशन गरेको छ । बोर्डले शनिबार बिहान प्रकाशित नतिजाको अनुसार ५८.३३% विद्यार्थी ग्रेडेड भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले २०८२ साल साउन २९ देखि भाद्र ६ गतेसम्म ग्रेड वृद्धि परीक्षा लिएको थियो । परीक्षामा १ लाख ४३ हजार २५७ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये ८३ हजार ५६३ जना विद्यार्थी उत्तीर्ण हुँदा ५९ हजार ६९४ जना विद्यार्थी नन ग्रेडेड भएका छन् ।

ग्रेडेड मध्ये २६ जनाले ३.६० देखि ४ जीपीए, १ हजार ४३७ ले ३.२० देखि ३.६० जीपीए, १८ हजार ५८१ ले २.८० देखि ३.२० जीपीए, ५१ हजार ४०३ ले २.४० देखि २.८० जीपीए, १२ हजार ७१ जनाले २.० देखि २.४० जीपीए र ४५ जनाले १.६० देखि २ जीपीए ल्याएका छन् ।

यससँगै २०८१ सालको एसईई परीक्षामा समाग्रमा ८०.८५ विद्यार्थी ग्रेडेड भएका छन् । परीक्षामा सम्मीलित ४ लाख ३८ हजार ८९६ मध्ये ३ लाख ५४ हजार ८६२ जना ग्रेडेड भएका छन् ।

नतिजा हेर्न यहाँ जानुहोस् : www.neb.gov.np  र https://see.gov.np/

Leave a Reply

Your email address will not be published. Required fields are marked *