सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढ्यो

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार सुन प्रतितोला दुई लाख १७ हजार ८०० रुपैयाँमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार प्रतितोला दुई लाख १७ हजार १०० मा खरिदबिक्री भएकोमा आज सात सय बढेको हो ।

त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार छ सय ५० मा खरिद बिक्री हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार छ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *