काठमाडौं महानगरले ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिकालाई सोमबारदेखि एम्बुलेन्स वितरण गर्ने भएको छ । मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत सोमबारदेखि एम्बुलेन्स वितरण गर्ने जानकारी दिएका हुन् । विगत १ वर्षदेखि रोकिएको एम्बुलेन्स वितरण कार्य सोमबारदेखि सुरु हुने जानकारी उनले बताए ।

पहिलो चरणमा देशभरिका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिने महानगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *