जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको राष्ट्रिय सम्मानका साथ पशुपतिमा अन्त्येष्टि(फोटोफिचर)

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । मंगलबार दिउँसो पशुपति आर्यघाटमा उनीहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर उनीहरुप्रति सम्मान व्यक्त गरेका थिए । त्यसअघि अस्पतालबाट शवयात्रासहित शव आर्यघाट पुर्याइएको थियो । शवयात्रामा आफन्तका साथै सर्वसाधारण पनि सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *