प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालबीच भेटवार्ता भएको छ । राष्ट्रियसभा अध्यक्ष दाहाल प्रधानमन्त्री कार्कीलाई भेट्न मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा उनले प्रधानमन्त्री कार्कीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।

भेटमा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा उनीहरूबीच छलफल भएको राष्ट्रियसभा अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । भेटमा अध्यक्ष दाहालले राष्ट्रियसभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित संघीय संसद् भवन तथा सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा भएको क्षतिका बारेमा जानकारी गराएका थिए ।

भेटमा प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रियसभाको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै वर्तमान राष्ट्रिय संकटलाई सही निकास दिन सबैले सहकार्य गरि अघि बढ्न आग्रह गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *