रूपन्देही–३ को उपनिर्वाचनका सबै प्रक्रिया रद्द

काठमाडौँ । निर्वाचन आयोगले रूपन्देही–३ मा तोकिएको प्रतिनिधिसभा उपनिर्वाचन रद्द गरेको छ । पहिले रूपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचनको मिति तय भएको थियो । तर राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी देशभर नयाँ निर्वाचन फागुन २१ गते गर्ने मिति तोकेपछि आयोगले रूपन्देही–३ को उपनिर्वाचनका सबै प्रक्रिया रद्द गरेको हो ।

निर्वाचन आयोगले जारी गरेको सूचनामा भनिएको छ, ‘राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते नयाँ प्रतिनिधिसभा निर्वाचनको मिति तोकिएपछि रूपन्देही–३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रम रद्द गर्ने निर्णय गरिएको छ। सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *