रूसमाथि थप कडा प्रतिबन्ध लगाउँदै तेल खरिद बन्द गर्न ट्रम्पको आग्रह

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का सहयोगीहरूलाई युक्रेनमा जारी युद्ध अन्त्यका लागि रूसलाई दबाव दिन मस्कोमाथि कडा प्रतिबन्ध लगाउन र रुसी तेल किन्न बन्द गर्न आग्रह गरेका छन् ।

नेटोका सदस्य राष्ट्रहरूलाई लेखेको पत्रमा ट्रम्पले भनेका छन्, “सबै नेटो राष्ट्रहरूले यही काम गर्न सुरु गरिसकेको अवस्थामा म रुसमाथि कडा प्रतिबन्ध लगाउन तयार छु र प्रतिबन्धसँगै सबैले रूसबाट तेल खरिद गर्न पूर्णरूपमा बन्द गर्न आवश्यक हुनेछ।”

ट्रम्पले नेटोको प्रतिबद्धताको कमीको आलोचना गर्दै भने, “नेटोको जीत हासिल गर्ने प्रतिबद्धता १०० प्रतिशतभन्दा निकै कम छ र केहीले रुसी तेल खरिद गर्नु आश्चर्यजनक छ । यसले तपाईंको वार्ताको स्थिति र रूसमाथि मोलतोल गर्ने शक्तिलाई धेरै कमजोर बनाउँछ।”

उनले आफ्नो तत्परतामा जोड दिँदै भने, “म तपाईँसँगै अघि बढ्न तयार छु, तपाईंहरूको साथ अवश्यक छ। क्हिले गर्ने निर्णय दिनुहोस्।”

नेटोले चीनमाथि ५० देखि १०० प्रतिशतसम्म कर लगाउनुपर्ने प्रस्ताव ट्रम्पले गरेका छन् । ट्रम्पले लेखेका छन्, “मलाई विश्वास छ कि रुस र युक्रेनसँगको युद्ध समाप्त भएपछि चीनमाथि ५० देखि १०० प्रतिशतसम्म करवृद्धि गर्ने नेटोले पनि यो घातक तर हाँस्यास्पद युद्ध अन्त्य गर्न ठूलो सहयोग गर्नेछ ।”

उनले भने, “रुसमाथि चीनको बलियो नियन्त्रण छ र पकड पनि छ र यो शक्तिशाली करले त्यो पकड तोड्नेछ।”
ट्रम्पले गत हप्ता सात हजार ११८ जनाले जीवन गुमाएको उल्लेख गर्दै अघिल्लो प्रशासनको आलोचना गरे । उनले भने, “यो ट्रम्पको युद्ध होइन ।

शुक्रबार ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति बढ्दो निराशालाई सङ्केत गर्दै युक्रेन सङ्कट समाधानमा चुनौती देखिएको र दुवै पक्षको सहयोगको आवश्यकतालाई जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *