प्रधानमन्त्रीलाई बधाई दिँदै कुलमानले भने-देश र जनताको हितको लागि हामी सबै एक भएर अगाडि बढ्नुपर्छ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले देशको पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकामा सुशीला कार्कीलाई बधाई दिएका छन् ।

देश अझै गम्भीर मोडमा रहेको उल्लेख गर्दै घिसिङले जेनजी आन्दोलनको मागअनुरूप चुनाव सम्पन्न गर्नु उक्त सरकारको प्रमुख दायित्व भएको बताएका छन् ।

‘सम्मानीय प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक वधाई व्यक्त गर्दछु । देश अहिले अत्यन्त गम्भीर मोडमा उभिएको छ । देश र जनताको हितको लागि हामी सबै एक भएर सहयोग गरी अगाडि बढ्नुपर्छ । जेनजी पुस्ताले शुरू गरेको आन्दोलनको माग र आकांक्षालाई सम्वोधन गर्दै आगामी चुनाव सम्पन्न गर्नु यस सरकारको प्रमुख दायित्व हो । सरकारलाई सफलताको कामना व्यक्त गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *