काठमाडौं । नेपाल बार एशोसिएशनले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको संसद विघटनको कदमप्रति आपत्ति जनाएको छ । गएराति नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले संसद विघटन गरेपछि एक विज्ञप्ति जारी गर्दै बारले उक्त कदम असंवैधानिक भएको जनाएको हो ।
बारले उक्त निर्णयको भत्र्सना समेत गरेको छ । बारले विज्ञप्तिमा राष्ट्रपतिको उक्त कदम स्वेच्छाचारी र असंवैधानिकका साथै कानूनी शासन, संवैधानिक सर्वोच्चता तथा संविधानवादको विपरित रहेको उल्लेख गरेको छ ।
राष्ट्रपतिको यो कदम नेपाली जनताले लोकतन्त्रका लागि गरेको लामो र कठिन संघर्षलाई गम्भीर रुपमा कमजोर पार्ने र लोकतन्त्र, गणतन्त्र र समावेशिता सहितको संघीयताजस्ता उपलब्धि खोस्नेतर्फ लक्षित रहेको बारको ठहर छ ।