एसिया कप: ओमानमाथि पाकिस्तानको सहज जित

एजेन्सी । एसीसी पुरुष टी-२० एसिया कप-२०२५ अन्तर्गत भएको खेलमा पाकिस्तान विजयी भएको छ  । शुक्रबार राति सम्पन्न खेलमा पाकिस्तानले ओमानमाथि ९३ रनको सहज जित निकालेको हो ।

जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको ओमान १६.४ ओभरमा ६७ रनमा अलआउट भएको हो । ओमानको लागि हमाद मिर्जाले २७, अमिर कालिमले १३ र शकिल अहमदले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

पाकिस्तानको लागि सिम अयुब, सुफियान मुकिम र फहीम अश्राफले समान दुई/दुई तथा शिह शाह अफ्रिदी, अबरार अहमद र मोहम्मद नवाजले समान एक/एक विकेट लिए ।

यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६० रन बनाएको हो । पाकिस्तानको लागि मोहम्मद हारिसले अर्धसतक पूरा गरे । उनले ४३ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । यस्तै सहिजदा फर्हानले २९, फखर जमानले २३ र मोहम्मद नवाजले १९ रन बनाए ।

ओमानको लागि शाह फैसाल, अमिर कलिमले समान तीन्/तीन विकेट लिंदा मोहम्न्म्द नदीमले एक विकेट लिए ।

जितसँगै पाकिस्तानले दुई अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *