शेयर बजारमा १० अंकको गिरावट

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से १० दशमलव ५० अङ्कले घटेको छ । आज विकास बैंक, फाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा व्यापारको शेयर डेढ प्रतिशतले ओरालो लागेको छ । आज कुमारी बैंकको डिबेन्चर २०८६ झन्डै साढे ९ प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन माया खोला हाइड्रोपावर कम्पनीको शेयर भने साढे ५ प्रतिशतभन्दा धेरैले बढेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज ३ सय २१ वटा कम्पनीको १ करोड ५८ लाख कित्ता शेयर ६ अर्ब १६ करोड रुपैयाँमा किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *