मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । बंगलादेशविरुद्ध हुने अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको लागि नेपालको प्रारम्भिक टोलीको घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले मैत्रीपूर्ण खेलका लागि ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको अखिल नेपाल फूटबल संघ(एन्फा)ले जनाएको हो ।

नेपालले बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ६ सेप्टेम्बर र ९ सेप्टेम्बरमा हुनेछ ।

नेपालको ३० सदस्यीय प्रारम्भिक टोली:

अभिषेक लिम्बू, आदित्य शाक्य, अमृत श्रेष्ठ, अमित लामा, अनन्त तामाङ, अन्जल श्रेष्ठ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विशाल सुनार, दीप कार्की, दिनेश हेम्जन, दिपेन्द्र वि.क., जिलेस्पी जंग कार्की, किरण चेम्जोङ, कुलदिप कार्की, कुशल देउवा, लकेन लिम्बू, मणि लामा, मनिष डाँगी, रन्दिप पौडेल, रोहित चन्द, रोहन कार्की, समिर तामाङ, समित श्रेष्ठ, सुवास बम, सृजन राज गौतम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा, योगेश गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *