साउन २७ मा बौद्धमा महाँकाल जात्रा हुने

काठमाडौं । बौद्धनाथ क्षेत्र विकास समितिले साउन २७ गते मङ्गलबार महाँकाल जात्रा आयोजना गर्ने भएको छ । जात्रालाई भव्य र व्यवस्थित ढंगले सञ्चालन गर्न ‘बौद्ध महाकाँल जात्रा मूल समरोह समिति’ गठन गरिएको छ ।

बिहान ८ बजेदेखि महाँकाल देवताको विशेष पूजा आराधना गरी कार्यक्रम आरम्भ गरिनुका साथै दिउँसो १ः३० बजेदेखि शोभा रथ यात्रा हुनेछ । रथ यात्रालाई बौद्धनाथ स्तुपादेखि टुसाल, चाबहिल, महाँकाल, तिनचुली हुँदै पुनः बौद्ध स्तुपामा नै आएर विसर्जन गरिनेछ। महाँकाल देवता बौद्ध धर्मका रक्षक धर्मपाला हुन् ।

यिनको पूजा र साधना गर्नाले गाउँ समाजमा सम्पूर्ण दुःख, कष्ट र विघ्न बाधाहरु हट्नुका साथै विभिन्न रोगव्याधी, नकारात्मक शक्ति र अशान्ति शान्त भएर सबैको भलो र रक्षा गर्ने गरिन्छ भन्ने विश्वास गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *